PRABHU BANK

नबिल बैंकको नवनिर्वाचित सञ्चालक अनन्त पौड्याल र प्रविन टिवडेवालाले गरे पदबहाली

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंकको नवनिर्वाचित सञ्चालक अनन्त पौड्याल र प्रविन टिवडेवालाले पदबहाली गरेका छन् । दुई सञ्चालक पौड्याल र टिवडेवालाले माघ ९ गते शुक्रबार कम्पनी सञ्चालक समितिको बैठकबाट पदबहाली गरेका हुन् ।
सञ्चालक पौड्याल र टिवडेवाला गत पुस २९ गते सम्पन्न बैंकको ३६औं वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा चयन भएका हुन् । सभाले उनीहरु दुवैलाई बैंकको सर्वसाधारण सेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा चयन गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै