काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकले ‘प्रदेश विशेष कृषि कर्जा’ दिने भएको छ। बैंकले सातै प्रदेशका किसानहरूलाई ५ करोडसम्म कृषि कर्जा दिने भएको हो ।
बैंकले प्रदेश १ मा अलैंची, प्रदेश २ मा माछा, प्रदेश ३ मा खुखुरा, प्रदेश ४ मा फलफुल, प्रदेश ५ मा पशुपालन, प्रदेश ६ मा जडिबुटी र प्रदेश ७ मा केरा उत्पादन गर्ने किसानहरूलाई ‘प्रदेश विशेष कृषि कर्जा’ दिने जनाएको छ ।
बैंकका अनुसार कर्जाको अवधी १० वर्षसम्म रहेछ। बैंकले सस्तो ब्याजदरमा यस्तो कर्जा दिन लागेको हो।
यस्तो कर्जा लिन चाहनेले सिधै बैंकमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ। सूचनासहित: