PRABHU BANK

एनएमबि बैंक लिमिटेडले प्रदान गर्यो सबैभन्दा बढी व्याजदर

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक लिमिटेडले बचतमा सर्वोच्च व्याजदर प्रदान गरेको छ । हाल बैंकहरुमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन व्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेटिने गरी बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरेको हो ।
माघ महिना अघि देखीनै बचतमा बढी ब्याज दिन सुरु गरेको एनएमबि बैंकले सर्वसाधारण ग्राहकलाई वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी व्याज बचतमा ५.१ प्रतिशतसम्म र मुद्दतीमा ८.१ प्रतिशतसम्म प्रदान गरिरहेको छ ।४ वर्षमा ३ पटक बैंक अफ दि इयर अवार्ड पाएको एनएमबिले भने स-साना निक्षेपकर्ताहरुलाई ध्यानमा राखी अधिकतम व्याजको योजना अघि सार्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै