PRABHU BANK

सनराइज बैंक लिमिटेडले कमायो चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९४ करोड ९४ लाख रुपैयाँ खुद नाफा

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडले ९४ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आईपुग्दा ९४ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । जुन गत वर्षको सोहि अवधिको तुलनाम ०.५३ प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिमा बैंकले ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिसम्म आउँदा बैंकको निक्षेप २.४२ प्रतिशत बढेर ९२ अर्व ४० करोड रुपैयाँ पुगेको छ भने कर्जा ७.३४ प्रतिशत बढेर ८६ अर्व ९६ करोड रुपैयाँ पुगेको छ । यस्तै ९ अर्व ४८ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्व ९१ करोड ९५ लाख रुपैयाँ रहेको छ ।
बैंकको सेयरधनी कोषमा भने ७९ करोड ३४ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको खुद व्याज आम्दानी ११.३१ प्रतिशत घटेर १ अर्व ८१ करोड रुपैयाँमा सीमित भएको छ भने सञ्चालन नाफा ०.८३ प्रतिशत बढेर १ अर्व ३५ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको बेस रेट ९.९९ प्रतिशतबाट ७.२९ प्रतिशतमा झरेको छ भने स्प्रेड ५.१४ बाट ४.१ प्रतिशतमा झरेको छ । प्रति सेयर आम्दानी २१ रुपैयाँ ६ पैसाबाट घटेर २० रुपैयाँ १ पैसामा सीमित भएको छ भने प्रति सेयर नेटवर्थ १४९ रुपैयाँ ६७ पैसा पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै