काठमाडौँ। वाणिज्य बैंकहरुको किर्ते कागजात बनाउने तीन जना व्यक्तिहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाकाे भिमसेन थापाका अन्जनी बयलकोटी, ओखलढुङ्गाको चम्मादेवीका निर्मल खड्का र मकवानपुरको कैलाशका अन्जु खत्री रहेका छन् ।
उनीहरूले तारकेश्वर नगरपालिकाको फुटुङ्स्थित एक घरमा विभिन्न बैंक तथा वित्तीय संस्थाको किर्ते चेकबुक तथा स्टेटमेन्ट बनाउने गरेको पाइएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उक्त कागजातहरू वास्तविकसँग मिल्दोजुल्दो थिए। जसले गर्दा उनीहरूको गतिविधि लामो समयसम्म लुकीरहेको थियो।
प्रहरीले उनीहरूको साथबाट विभिन्न बैंकका चेकबुक, स्टेटमेन्ट र विद्यार्थी भिसाका लागि आवश्यक कागजातहरू बरामद गरेको छ। यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।