PRABHU BANK

सानिमा बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंक लिमिटेडले वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले १ अर्व ६ करोड २७ लाख रुपैयाँ नाफा गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा यस वर्षको खुद नाफा कम हो । गत आर्थिक वर्षमा बैंकले १ अर्व १४ करोड ४७ लाख रुपैयाँ नाफा गरेको थियो ।
९ अर्व ६८ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकले १ खर्व १० अर्व २४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्व १ अर्व ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको जगेडा कोषमा ३ अर्व ६८ लाख रुपैयाँ र सेयरधनी कोषमा ८९ करोड २६ लाख रुपैयाँ सञ्चित रहेको छ । समीक्षा अवधिमा बैंकको बेस रेट ६.८३ प्रतिशत, ४.२१ प्रतिशत रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै