काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले कांग्रेस र एमालेलाई दुई जना गभर्नर बनाउन व्यंग्यात्मक सुझाव दिएका छन् । प्रतिनिधि सभाको बैठकमा गभर्नर नियुक्तिको विषयमा बोल्दै उनले यस्तो बताएका हुन्।
सांसद ढकालले गभर्नर नियुक्तीमा दुई दलबीच लडाईं चलेको उल्लेख गर्दै दुईवटा गभर्नर बनाउन सुझाव दिएका छन् ।
बैठकमा उनले गठबन्धन सरकारलाई ३१ महिनाभित्र सबै कार्य पूरा गर्न चुनौती दिने बताएका छन्। उनले एकजना विचौलियालाई व्यवस्थापन गर्ने र अर्को नोटमा सिग्नेचर गर्ने दुईवटा गभर्नर नियुक्त गर्न सुझाव दिएका हुन्।
साथै, उनले राष्ट्र बैंकले छाप्ने नोटमा पनि आफ्नो चुनाव चिन्ह राख्दा हुन्छ भन्दै व्यंग्यात्मक सुझाव दिएका छन् ।