prabhu

सहुलियतपूर्ण कर्जामा १८ प्रतिशत दुरुपयोगको आशंका, सरकार सुधारको तयारीमा

काठमाडौँ। सहुलियतपूर्ण कर्जामा १८ प्रतिशत दुरुपयोगको आशंका गरिएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्यनअनुसार सहुलियतपूर्ण कर्जामा १८ प्रतिशत दुरुपयोगको आशंका गरिएको हो ।

यसमा ७ प्रतिशत कर्जा सदुपयोग नभएको, १२  प्रतिशत ऋणीको लक्षित वर्ग पहिचान नभएको, ६ प्रतिशत ऋणीले दोहोरो कर्जा सुविधा उपयोग गरेको र ११  प्रतिशत ऋणीको कर्जामा दुरुपयोगको आशंका गरिएको उल्लेख छ।

यसका कारण सरकारले ब्याज अनुदान दर घटाउने निर्णय गरेको छ। महिला ऋणीका लागि ६  प्रतिशतबाट ३  प्रतिशत वा ४  प्रतिशत र अन्य ऋणीका लागि ५  प्रतिशतबाट २  प्रतिशत वा ३  प्रतिशतसम्म घटाउने तयारी भइरहेको छ।

यसका अतिरिक्त, सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रमको कार्यविधि पुनरावलोकन गर्दै, लक्षित वर्गको पहिचान र कर्जा वितरण प्रक्रियामा सुधार गर्ने तयारी गरेको छ। यसका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव पेश गर्न निर्देशन दिइएको छ।

महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनमा पनि सहुलियतपूर्ण कर्जा कार्यक्रमको प्रभावकारिता र पारदर्शितामा सुधारको आवश्यकता औंल्याइएको छ। कार्यविधिको पटकपटक संशोधनले स्थायित्वमा असर पुर्‍याएको र लक्षित वर्गको पहिचान र ब्याज अनुदान वितरण प्रक्रियामा सुधारको आवश्यकता रहेको उल्लेख गरिएको छ।

सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रमको प्रभावकारिता र पारदर्शितामा सुधार ल्याउनका लागि विभिन्न उपायहरू अवलम्बन गर्ने तयारी गरेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै