![# Nepal Rastra Bank](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgld3qKPLlFFymrNQyeq6MdlvEk2zumsYHocAK340FvZVJhAqUY9phcJccXcylEOzjHvwBg0McA95nF_YyKQStohXDAMjt1Sdu8xsLSbGJLqJRYfr7oUqkLu9TUZcIbjCFoDrJW4U_05s7i/s16000/NEPAL-RASTRA-BANK.jpg)
- बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले क्विक रेस्पोन्स (क्युआर) कोड मस्यौदा तयार गरेको छ । राष्ट्र बैंकले क्युआर कोड भुक्तानीलाई थप प्रभावकारी बनाई प्रवर्धन तथा नियमन गर्नको लागि क्युआर कोड मस्यौदा तयार गरेको हो ।
बैंकले नेपाल क्युआर स्टाण्र्डडाइजेसन फ्रेमवर्क एण्ड गाइडलाइनको मस्यौदा तयार गरेको हो । बैंकले मस्यौदा अध्ययन गरी त्यसमाथि राय सुझाव दिन पनि आग्रह गरेको छ । बैंकले माघ ३० गते भित्र सुझाव सल्लाह दिन पनि आग्रह गरेको हो ।