PRABHU BANK

एनएमबि बैंकको दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा १ अर्व ६१ करोड रुपैयाँ कमायो

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि लिमिटेड वित्तीय विवरण सार्वजनिक भएको छ । बैंकको दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको हो । बैंकले आर्थिक वर्ष २०७७/७८ को दोश्रो त्रैमासमा खूद नाफा १ अर्व ६१ करोड रुपैयाँ आर्जन गरेको छ । उक्त नाफाबाट नियमकारी तथा अन्य समायोजन पश्चात सेयरधनीका लागि वितरण योग्य नाफा १ अर्व ५१ करोड रुपैयाँ रहेको छ ।
आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा बैंकको कूल निक्षेप १ खर्व ४९ अर्व रुपैयाँ र कूल कर्जा सापट १ खर्व ४४ अर्व रुपैयाँ पुगेको छ । बैंकले यस आर्थिक वर्षको ६ महिनाभित्रमा निक्षेपमा १४ अर्व ६१ करोड रुपैयाँ र कर्जा तथा सापटमा २१ अर्व ८८ रुपैयाँले वृद्धि गर्न सफल भएको छ । यस बैंकको वाणिज्य बैंकहरुको समूहमा २०७७ असार मसान्तमा रहेको बजार हिस्सा निक्षेप तर्फ ३.८६ प्रतिशतबाट वृद्धि भई ३.९५ प्रतिशत र कर्जा तर्फ ४.१९ प्रतिशतबाट वृद्धि भई ४.४३ प्रतिशत पौष मसान्त सम्ममा पुगेको छ ।
त्यसैगरी निक्षेपमा भएको वृद्धिमा बचत निक्षेपको हिस्सा ६५ प्रतिशत रहेको छ । बैंकले पौष मसान्तसम्ममा कूल ३,२३७ जना ग्राहकलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ । यस आर्थिक वर्षको पौष मसान्तसम्ममा बैंकको पूंजी कोष अनुपात १३.६८ प्रतिशत रहेको छ भने निष्किृय कर्जाको अनुपात २.३८ प्रतिशत रहेको छ । बैंकले हाल १८० वटा शाखा, १ सय ३५ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै