PRABHU BANK

सनराइज बैंकद्धारा ट्राफिक महाशाखा गैह्रिधारालाई सेमी प्रोटेबल ट्राफिक लाईट हस्तान्तरण

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंकले ट्राफिक महाशाखा गैह्रिधारालाई सेमी प्रोटेबल ट्राफिक लाईट हस्तान्तरण गरेको छ । बैंकले आफ्ना सामाजिक कार्य अन्तर्गत सेमी प्रोटेबल ट्राफिक लाईट ट्राफिक महाशाखा गैह्रिधारालाई हस्तान्तरण गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, ट्राफिक प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराई र काठमाडौं वडा नं. १ का सचिव अशोक कुमार श्रेष्ठले संयुक्त रुपमा उक्त लाइटको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै बैंकका सीईओ पौड्यालले बैंकले स्थापना गरेको यस ट्राफिक लाईटले यातायत व्यवस्थामा अझै सहजता ल्याउने र जनमानसमा नियमको पालना गर्ने मानसिकताको विकास गर्न मद्दत गर्ने साथै काठमाडौंलाई सुरक्षित, अनुशासित र सभ्य सहरको रुपमा अघि बढाउन मद्दत गर्ने जनाएको छ ।
यस्तै ट्राफिक प्रहरीका प्रहरी वरिष्ठ उपरिक्षक जनक भटराईले भने  यस्तो प्रविधियुक्त ट्राफिक लाईट काठमाडौंका चोक चोकमा राख्ने उद्देश्य राखेको र बैंकले सो उद्देश्यमा साथ दिई सहरको सभ्यताको परिचय विकास गर्न सहयोग पुर्याएकोमा धन्यवाद दिए । बैंकले यसअघि पनि शिक्षा, स्वास्थ्य, वातावरण लगाएतका विभिन्न क्षेत्रहरुमा सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यहरु गरिसकेको र आगामी दिनमा पनि गर्दै जाने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै