PRABHU BANK

एनएमबि बैंकले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका सदस्यहरुलाई सहुलियतपुर्ण कर्जा प्रदान गर्ने

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंकले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका सदस्यहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएको छ । बैंक र संघबीच संघका सदस्यहरूको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, संघका सदस्यहरुलाई सहजपूर्ण कर्जा उपलब्ध तथा खाता सञ्चालन सहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने गरी द्विपक्षीय समझदारी भएको हो ।
समझदारी पत्रमा एनएमबि बैंकका तर्फबाट लघु, साना तथा मझौला कर्जा र लघुवित्त प्रमुख बुद्धि कुमार मल्ल र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका तर्फबाट केन्द्रिय उपाध्यक्ष कृष्णचन्द्र पौडेलले हस्ताक्षर गरेका हुन् ।एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३५ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै