PRABHU BANK

कामना सेवा विकास बैंकले गर्यो १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला

Kamana Sewa Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंकले ऋणपत्र बिक्री खुल्ला गरेको छ । बैंकले १० वर्ष अवधिको ‘कामना सेवा विकास बैंक डिबेन्चर २०८७ ’ नाममा ऋणपत्र बिक्री खुल्ला गरेको हो । बैंकले माघ २२ गते बिहीबारदेखि १ अर्ब रुपैयाँ बराबरको १० लाख इकाई ऋणपत्र बिक्री खुल्ला गरेको हो । जसमध्ये ४ लाख इकाई ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरुको लागि र बाँकी ६ लाख इकाई ऋणपत्र भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई छुट्याएको छ । यस ऋणपत्रमा वार्षिक ९.५ प्रतिशत ब्याज पाइने भएको छ ।
ऋणपत्रको प्रति इकाई मुल्य १ हजार रुपैयाँ तोकिएको छ । न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाइने भएको छ । यस ऋणपत्रमा सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने भएको छ । लगानीकर्ताले माघ २६ गतेसम्म आवेदन दिन पाउने भएका छन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएको खण्डमा भने फागुन ११ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त ऋणपत्रको बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै