PRABHU BANK

सानिमा लाइफ इन्सुरेन्सको खुद नाफा १५.४० प्रतिशतले बढ्यो

Sanima Life Insurance

  • बैंकिङ संसार

काठमाडौं । सानिमा लाइफ इन्सुरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा बढेको छ । कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आईपुग्दा खुद नाफा १५.४० प्रतिशतले बढेको हो । कम्पनीले ५ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा गत वर्षको भन्दा १५.४० प्रतिशत बढी हो । गत वर्ष कम्पनीले ४ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीले यो त्रैमासमा खुद बिमा शुल्क १३४.७७ प्रतिशतले बढको छ । कम्पनीले ९५ करोड ६३ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको हो । गत वर्ष कम्पनीले गत वर्ष भने ४० करोड ७३ लाख रुपैयाँ मात्र खुद बिमा शुल्क आर्जन गरेको थियो । कम्पनीले जीवन बिमा कोष पनि ६७ करोड रुपैयाँबाट बढाएर १ अर्ब ६३ करोड रुपैयाँ पुर्याएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १७ करोड १९ लाख रुपैयाँ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै