DISH HOME

राष्ट्रिय वाणिज्य बैंकले १ अर्बभन्दा बढी मूल्यको घरजग्गा लिलाम गर्दै

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले मंगतुराम समूहको नाममा रहेको १ अर्ब ४ करोड ५५ लाख ७६ हजार ९६० रुपैयाँ बराबरको घरजग्गा लिलामी बिक्रीमा राखेको छ।

बैंकको तत्कालीन रानी शाखाबाट (हाल विराटनगर शाखा) विभिन्न शीर्षकमा दिइएको कर्जा फिर्ता नहुँदा धितो सम्पत्ति बिक्रीको प्रक्रिया अघि बढाइएको हो।

मंगतुराम समूह अन्तर्गतका ९ वटा कम्पनीले बैंकबाट एओसी, टिएल, बिल्स पर्चेज, क्यास क्रेडिट, औद्योगिक सामग्री, बैंक जमानत लगायतका शिर्षकमा कर्जा लिएका थिए। ती कम्पनीहरूमा अन्नपुर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिज, नारायण भेगिटेबल इन्डष्ट्रिज, गणेश प्लाष्टिक इन्डष्ट्रिज, जयकाली बिस्कुट एण्ड कन्फेक्सनरी, दन्तकाली प्याकेजिङ इन्डष्ट्रिज, लक्ष्मी फुटवेयर इन्डष्ट्रिज, अन्नपुर्ण आइरन इन्डष्ट्रिज, घटस्थापना इन्टरप्राइजेज र फुलपाती इन्टरप्राइजेज रहेका छन्।

बैंकले तोकिएको समयमा मूलधन र ब्याज भुक्तानी नगरेपछि धितो राखिएको सम्पत्ति लिलामीको प्रक्रिया अघि बढाएको हो। बैंकले मंगतुराम समूहलाई ३५ दिनभित्र बक्यौता रकम, ब्याज र अन्य शुल्क तिरी धितो फुकुवा गर्न आग्रह गरेको छ। उक्त समयावधि भित्र तिर्न नसकेमा सम्पत्ति सार्वजनिक रूपमा लिलामीमार्फत बिक्री गरिने जनाएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै