PRABHU BANK

गरिमा विकास बैंकको १४औं वार्षिक साधारणसभा, प्रस्तावित १४.२१ प्रतिशत लाभांश पारित

Garima Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । गरिमा विकास बैंकको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको उक्त साधारणसभा होटल पोखरा ग्राण्डमा सम्पन्न भएको हो । उक्त साधारणसभाले बैंकको १४.२१ प्रतिशत प्रस्तावित लाभांश पारित गरेको छ । माघ ३० गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले सञ्चालक समितिको १३.५ प्रतिशत बोनस र ०.७१ प्रतिशत नगद(कर प्रयोजनको) सहित कुल १४.२१ प्रतिशत लाभाशं लाभांश प्रस्तावलाई पारित गरेको हो ।
३ अर्व २३ करोड ८६ लाख ८९ हजार चुक्ता पुंजी रहेको विकास बैंकको १३.५ प्रतिशत बोनस सेयर वितरण पश्चात् चुक्ता पुँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । साधारणसभाको लागि २०७७ माघ १२ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७७ माघ ११ गते सम्मकाकायम सेयरधनीहरुले मात्र साधारणसभाबाट पारित बोनस सेयर पाउनेछन् ।
उक्त साधारणसभाबाट संस्थापक सेयरधनी समुहतर्फबाट संचालकमा श्याम प्रसाद बस्याल, डा.आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनी समुहतर्फबाट बिमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका छन् । साथै साधारणसभा सम्पन्न भए पश्चात बसेको बैंकको सञ्चालक समितीको बैठकले सञ्चालक श्यामप्रसाद बस्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । बैंकले हाल १ सय ६ शाखा र ५१ वटा एटीएममार्फत आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै