PRABHU BANK

महालक्ष्मी लाईफ इन्स्योरेन्सको तेश्रो वार्षिक साधारणसभा सम्पन्न, ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित

Mahalaxmi Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको तेश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको उक्त साधारणसभा अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा होटल र्याकडिसनमा सम्पन्न भएको हो । कम्पनीको उक्त साधारणसभाले ६० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ । फागुन ३ गते सम्पन्न कम्पनीको तेश्रो वार्षिक साधारणसभाले सर्वसाधारणको लागि सो मात्राको सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।
त्यस्तै सभाले संस्थापकहरुको तर्फबाट मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई आगामी ४ वर्षका लागि सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । सभाले अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै