PRABHU BANK

सिटिजन लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

  • बैंकिङ संसार
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्कवेटमा सम्पन्न भएको हो । सभाले कम्पनीको सर्वसाधारणको लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ । फागुन २ गते सम्पन्न कम्पनीको तेश्रो वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब, आयव्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण पारित गरेको छ । त्यसैगरी उक्त सभामार्फत कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण कार्यको लागिपुनःवर्तमान लेखापरीक्षक देवकी बिजय एण्ड कं, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै