PRABHU BANK

गरिमा विकास बैंकका नवनिर्वाचित अध्यक्ष श्याम प्रसाद बस्यालद्वारा पद तथा गोपिनियता शपथ ग्रहण

Garima Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । गरिमा विकास बैंकको अध्यक्ष पदमा मनोनित भएका श्याम प्रसाद बस्यालले मिति २०७७ फाल्गुण ३ गते नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीबाट पद तथा गोपिनियताको शपथ लिएका छन् ।
बैंकको मिति २०७७ माघ ३० गते सम्पन्न १४औं वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनी समूह ‘क’ को तर्फबाट श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ र सर्वसाधारण सेयरधनी समूह ‘ख’ को तर्फबाट विमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक संचालक पदमा निर्वाचित भएका हुन । बैंकको काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको छ । बैंकले हालसम्म देशभर १ सय ६ शाखा र ५१ वटा एटीएममार्फत आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै