काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले आउँदो २०८२ जेठ ४ गते २८औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले बिहान १० बजे फाइनान्सको केन्द्रीय कार्यालय, ललितपुरमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन अनुमोदन गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन, गत आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्नेछ।
त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ का लागि नयाँ लेखापरीक्षकको नियुक्ति र उनको पारिश्रमिक निर्धारणसमेत साधारणसभाले गर्नेछ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले वैशाख २२ गते सेयर नामसारी र दाखिला खारेज (बुक क्लोज) गर्ने जनाएको छ। त्यसअघिको दिनसम्म नेप्सेमा कारोबार गरी कायम रहेका सेयरधनीहरू साधारणसभामा सहभागी हुन योग्य रहनेछन्।