PRABHU BANK

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई मनकामना केबुलकार सेवामा विशेष छुट

mahalaxmi bikas bank
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले केबुलकार कम्पनिसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ मनकामनामार्ग नक्साल काठमाडौंमा अवस्थित मनकामना दर्शन प्रा.लि. सँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले कुरिनटार स्थित सञ्चालित केबुलकार सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले उक्त केबुलकार सेवामा १० प्रतिशतको आकर्षक छुट प्राप्त गर्नेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै