PRABHU BANK

महालक्ष्मी लाईफ इन्स्योरेन्सको सञ्चालक समितिका नवनियुक्त अध्यक्षद्धारा पद तथा गोपनियताको सपथ ग्रहण

Mahalaxmi Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिका नयाँ अध्यक्ष मनोरञ्जनरमण शर्माले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । शर्माले बीमा समितिका अध्यक्ष सूर्य सिलवालसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
महालक्ष्मी लाईफको सोमबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको थियो । सोमबार सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले शर्मासहित सुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई संचालक पदमा निर्वाचित गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै