नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालक समितिका सदस्यले दिए राजीनामा, रिक्त पदमा पोखरेल नियुक्त !

काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालक समितिका सदस्यले राजीनामा दिएका छन् । बैंकको सञ्चालक समितिका सदस्य रत्नराज बज्राचार्यले व्यक्तिगत कार्य व्यस्तताका कारण राजीनामा दिएका हुन् ।

बैंकको वैशाख ७ गते बसेको १३६औँ बैठकले बज्राचार्यको राजीनामा स्वीकृत गरेको छ ।

साथै, वैशाख ७ गतेदेखि लागू हुनेगरी उक्त पदमा सुमन पोखरेल नियुक्त भएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै