एक वर्षमा ४६ हजारभन्दा बढी ऋणी कालोसूचीमा, चेक बाउन्स मुख्य कारण !

काठमाडौँ। एक वर्षमा ४६ हजारभन्दा बढी ऋणी कालोसूचीमा परेका छन्। चालु आर्थिक वर्षमा ४६ हजार ४ सय ४१ जना ऋणी कालोसूचीमा परेका हुन् ।

जसमध्ये ४१ हजार २ सय ३८ जना बैंकका ऋणी रहेका छन् भने ५ हजार २ सय ३ जना लघुवित्तका ऋणी रहेका छन्।

कर्जा सूचना केन्द्रका अनुसार पछिल्लो समय कालोसूचीमा पर्ने व्यक्ति तथा कम्पनीहरुमध्ये करिव ७० प्रतिशत व्यक्ति तथा कम्पनीहरु चेक बाउन्सका कारण कालोसूचीमा परेको देखिन्छ ।

यता बाँकी रहेको ३० प्रतिशत मात्रै कर्जा तिर्न नसकेर कालोसूचीमा पर्ने गरेको केन्द्रले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Top 7 banking news
loan
governer