काठमाडौँ । प्रभु बैंकका ग्राहकहरूलाई गोरखा गार्डन होटलका सेवामा छुट हुने भएको छ । बैंकले गोरखा गार्डनबीच विशेष छुट दिने सम्झौता गरेसँगै बैंकका ग्राहकहरूलाई गोरखा गार्डन होटलका सेवामा छुट हुने भएको हो।
प्रभु बैंक र गोरखा नगरपालिका वडा नं ६ अर्घलेस्थित गोरखा गार्डन होटल प्रालिबीच २०८२ वैशाख २ गते व्यवसायिक साझेदारी भएको हो ।
होटलका तर्फबाट अध्यक्ष सुरेन्द्र कुवर, र बैंकका प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड-क्रेडीट कार्ड तथा बैंकको अन्य कुनै बिधुतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटल प्रालिमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
गोरखाको मुटुमा अवस्थित गोरखा गार्डेन होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ ।
प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डन होटल प्रालिबीच भएको यो साझेदारीले गोरखाको पर्यटनको प्रबर्धन हुनुका साथै प्रभु बैंकका ग्राहकहरु पनि लाभान्वित हुनेछन् ।