PRABHU BANK

ज्योति लाइफ इन्स्योरेन्सले पायो ६६ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट

Jyoti Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आईपीओ जारी गर्ने अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो । 
उक्त आईपीओ बिक्री खुल्ला गर्नका लागि मंसिर १९ गते शुक्रबार सेबोनमा निवेदन पेश गरेकोमा धितोपत्र बोर्डले फागुन ७ गते शुक्रबार आइपिओ निष्कासन गर्ने अनुमति प्रदान गरेको हो । कम्पनीको उक्त आईपीओ निष्कासनमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै