PRABHU BANK

सिभिल बैंकको १०औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

Civil Bank
  • बैंकिङ संसार
काठमाडौं । सिभिल बैंकको प्रस्तावित लाभांश पारित भएको छ । फागुन ९ गते आइतबार सम्पन्न बैंकको १०औं वार्षिक साधारणसभाले सञ्चालक समितिको गत आर्थिक वर्षको लाभांश प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश पाउने छन् ।
साथै सभाले आर्थिक वर्ष २०७७/७८को लेखापरिक्षण गर्नको लागि ‘एन.बि.एस.एम.एण्ड एशोसियट्स’लाई लेखापरिक्षकमा पुनःनियुक्त गर्नुका साथै सिभिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानुन अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । बैंकले १ सय १४ शाखाहरु, ६ एक्सटेन्सन काउन्टरहरु तथा ८९ एटीएममार्फत आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै