DISH HOME

माछापुच्छ्रे बैंकका ग्राहकहरुलाई हिल्टन होटलमा छुट

काठमाडौँ । माछापुच्छ्रे बैंकका ग्राहकहरुलाई हिल्टन होटलमा छुट हुने भएको छ। बैंकका ग्राहकहरुलाई हिल्टन होटल काठमाडौँमा १० प्रतिशतसम्म छुट हुने भएको हो।

बैंकले आफ्ना ग्राहकलाई थप सुविधाहरू प्रदान गर्ने उद्देश्यले हिल्टन होटल,काठमाडौँसँग साझेदारी गरेको छ ।

यस सहकार्यअन्तर्गत माछापुच्छ्रे बैंकका खातावाला ग्राहकहरु, डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरू, निओन कार्डवाहक ग्राहक, स्मार्ट युजर र माछापुच्छ्रे बैंकका कर्मचारीहरूलाई हिल्टन होटलका विभिन्न सेवा सुविधामा बढीमा १० प्रतिशतसम्मको विशेष छुटको व्यवस्था गरिएको छ ।

बैंकका ग्राहकहरूले हिल्टन होटलमा खानपान तथा अन्य सेवाहरूमा उक्त आकर्षक छुटहरू प्राप्त गर्न सक्नेछन् । बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले यस्ता सहकार्यहरू गर्दै आएको छ ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै