PRABHU BANK

लुम्बिनी विकास बैंक र इजीलिंक रेमिट्यान्स प्रा.लिबीच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता

Lumbini Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । लुम्बिनी विकास बैंक र इजीलिंक रेमिट्यान्स प्रा.लिबीच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौंता भएको छ । लुम्बिनी विकास बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, मुख्य प्रबन्धक दिपक खनाल, रेमिट्यान्स प्रमुख सकुन्तला लामा र इजीलिंक रेमिट्यान्स प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिपि अर्याल, अपरेशन म्यानेजर सालिक राम दाहाल, सहायक लेखा प्रमुख निराजन अधिकारीले उक्त सम्झौता पत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतापछि अव इजीलिंक रेमिट्यान्सको कोरियाबाट हानपास रेमिट्यान्स, जापानबाट ट्रान्सरेमिट्यान्स, साइप्रसबाट मसारी पेमेन्ट सर्भिसेज र अष्ट्रेलियाबाट इजीलिंक ट्रान्सफरमार्फत आएको रकम लुम्बिनी विकास बैंकका नेपालभरि छरिएर रहेका ६९ शाखाहरुमार्फत सहजै भुक्तानी लिन सकिने भएको छ । साथै लुम्बिनी रेमिटबाट पठाएको रकम पनि इजीलिंक रेमिट्यान्सको नेपालभरि रहेका ६ हजार भन्दा धेरै सहायक प्रतिनिधिहरु मार्फत सहजै भुक्तानी लिन सकिने भएको छ । छिटो, छरितो र सहज तरिकाले विप्रेषण रकमलाइ सेवाग्राहिसम्म 
 पुर्याउन यो सम्झौताले थप सहज हुने विश्वास बैंकले  लिएको छ ।
हाल इजीलिंक रेमिट्यान्स प्रा.लिले ग्राहकको चाहनालाई मध्यनजर गर्दै कोरिया, जापान, साइप्रस, अष्ट्रेलिया लगायत विश्वका विभिन्न मुलुकबाट पठाएको रकम बैंक खातामा ५ मिनेटमै जम्मा हुने व्यवस्था मिलाएको छ । यस्तै सहायक प्रतिनिधि मार्फत रकम भुक्तानी लिनको लागि एस.वि.एल रेमिट (सिद्धार्थ बैंक), रेमिट टु नेपाल, कामना सेवा रेमिटका सहायक प्रतिनिधिहरु मार्फत ५ मिनेटमै भुक्तानी लिन सकिने समेत व्यवस्था मिलाएको छ । ग्राहकहरुलाइ भुक्तानीमा समस्या परेमा सिधै कम्पनीको फोन नम्बर-०१४३८८३७५ मा तुरुन्त सम्पर्क गर्न समेत कम्पनीले अनुरोध गरेको छ । साथै लुम्बिनी रेमिटबाट आएको रकम भुक्तानी लिन नेपालभरि रहेका इजीलिंक रेमिट्यान्सका सहायक प्रतिनिधिहरु मार्फत सहजै भुक्तानी लिन सकिने व्यवस्था रहेको कम्पनीका अपरेसन म्यानेजर सालिक राम दाहालले जानकारी दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै