PRABHU BANK

बिओकेको अगुवाइमा अन्य ४ बैंकले अप्पर खुदी आयोजनामा लगानी गर्ने, भयो सम्झौता पत्रमा हस्ताक्षर

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डूले अप्पर खुदी आयोजनामा लगानी गर्ने भएको छ । बैंकले २१.२१ मेगावाट क्षमता रहेको अप्पर खुदी जलविद्युत आयोजनामा ४ अर्ब १९ करोड रूपैयाँ लगानी गर्ने भएको हो । बैंक अफ काठमाण्डू र सुपर खुदी जलविद्युत प्रा. लिबीच अप्पर खुदी जलविद्युत आयोजनामा सहवित्तियकरण कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता भने फागुन १० गते सोमबार हस्ताक्षर भएको हो ।
बैंक अफ काठमाण्डूको अगुवाइमा रहेको उक्त सहवित्तियकरणको सदस्य बैंकहरुमा ग्लोबल आईएमई बैंक, सिभिल बैंक, मेगा बैंक नेपाल तथा नेपाल क्रेडिट एण्ड कमर्श बैंक रहेका छन् । उक्त जलविद्युत आयोजनाको निर्माणका लागि कुल लागतको ७० प्रतिशत बैंकहरुको सहवित्तियकरण कर्जा र बाँकी ३० प्रतिशत उक्त कम्पनीको लगानी रहने भएको छ । सुपर खुदी जलविद्युत प्रा.लिले लमजुङ जिल्लाको मर्स्याङ्गदी गाऊँपालिकामा उक्त जलविद्युत आयोजनाको निर्माण कार्य गरीरहेको छ । आयोजना पुरा भएपछि उत्पादित विद्युत तादीकुना सबस्टेसनमा जोडिने भएको छ ।
सबस्टेसनसम्मको आवश्यक ५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्ने भएको छ । साथै यस सहवित्तियकरण कर्जा पश्चात् यस जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ । हालसम्म बैंकले ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ । साथै उर्जा क्षेत्रमा बिओकेको सम्लग्नता हालसम्म ३४ वटा परियोजनामा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै