prabhu

माछापुच्छ्रे बैंकको क्युआर कोर्ड धरान र ढल्केबर कृषि उपज बजारमा

Machhapuchchhre Bank
  • बैंकिङ संसार
धरान । माछापुच्छ्रे बैंक लिमिटेडले धरान र ढल्केबर कृषि उपज बजारमा क्युआर कोर्ड सेवा संचालनमा ल्याएको छ । बैंकले डिजिटल बैंकिङ कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले ढल्केवर र धरान कृषि उपज बजारमा क्युआर कोर्ड सेवा संचालनमा ल्याएको हो । धरान कृषि उपज बजार तथा ढल्केवर कृषि उपज बजारस्थित दुई छुट्टै क्यूआर हस्तान्तरण कार्यक्रममा राष्ट्र बैंकका उप निर्देशक सत्यन्द्र तिमिल्सिना र मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोले क्यूआर कोर्ड सेवाको सुरुवात गरेका हुन् ।
उक्त क्युआर कोर्ड सेवा सुरु भएसंगै ढल्केवर र धरान कृषि उपज बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्ने भएका छन् । कार्यक्रममा माछापुच्छ्रे बैंक संचालक समितिका पदाधिकारीहरु, नेपाल राष्ट्र बैंकका प्रतिनिधि, कृषि बजार व्यवस्थापन समितिका प्रतिनिधिहरु तथा स्थानीय व्यापारीलगायतको उल्लेख्य सहभागीता रहेको थियो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै