PRABHU BANK

मेरोमाइक्रोफाइनान्स लघुवित्तले नवनियुक्त कर्मचारीहरुलाई दियो २ दिने लघुवित्त व्यवस्थापन सम्बन्धी तालिम

Mero Microfinance Laghubitta
  • बैंकिङ संसार
नुवाकोट । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ नियुक्त भएका कर्मचारीहरुलाई २ दिने लघुवित्त व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तालीम दिएको छ । नवनियुक्त कर्मचारीहरुलाई शाखामा पठाउनु भन्दा पहिले सामाजीकरण गराउने र लघुवित्त सम्बन्धी कामहरु तथा नीति नियमको बारेमा जानकारी दिने उद्देश्यले अभिमुखीकरण तालिम राखिएको संस्थाले जनाएको छ । त्यस्तै संस्थाले १० नयाँ शाखा विस्तार गरेको छ ।
२ दिने कार्यक्रमको समापन कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले यस किसिमको तालिमले नवनियुक्त कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा प्रयोगमा ल्याउनु पर्ने बताए । त्यस्तै संस्थाले कर्मचारीको सीप विकास तथा तालिमको लागि अभिमुखीकरण तथा बैंकिङ तालिम कार्यक्रम गर्दै आएको तथा यस्ता कार्यक्रमले कर्मचारीको आत्मविश्वासमासमेत वृद्धि गरि संस्थाको प्रतिनिधित्व गर्न थप उर्जा प्रदान गर्ने बताए । कार्यक्रममा सहभागी कर्मचारीहरुले तालिम निकै फलदायी भएको र उक्त अभिमुखीकरण तथा बैंकिङ तालिममा सहभागी हुदाँ सबैसंग चिनजान गर्ने मौका र काम गर्न हौसला मिलेको बताएका थिए ।
दुई दिने अभिमुखीकरण तालिममा नवनियुक्त ६२ जना कर्मचारी सहभागी भएका थिए । तामिलको सहजीकरण कर्जा तथा जोखिम विभाग प्रमुख शेर बहादुर गुरुङ, योजना तथा तालिम विभाग प्रमुख उमेशमान डङ्गोल र जनशक्ति तथा प्रशासन विभागका अधिकृत रामकुमार सुवेदीले गरेको थिए । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि नयाँ शाखा विस्तारसागै देशका ६० जिल्लामा १ सय ३० शाखा कार्यालयमार्फत करिव १ लाख २५ हजार घरपरिवारहरुमा वित्तीय सेवा पुर्याउदै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै