PRABHU BANK

सिटिजन्स बैंकको १०८औं शाखारहित बैंकिङ सेवा सुर्खेत जिल्लाको तरङ्गामा

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंकले शाखारहित बैंकिङ सेवा संचालनमा लयाएको छ । बैंकले अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ सुर्खेत जिल्लाको बराहताल गाउँपालिकामा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । बैंकले बराहताल गाउँपालिकामा आफ्नो १०८औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।
उक्त सेवा संचालनका लागि स्थानिय व्यवसायी टेक बहादुर कठायतलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने प्रबन्ध मिलाईएको बैंकले जनाएको छ । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम। र १०८ वटा शाखारहित बैंकिङ सेवामार्फत करिव ७ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै