prabhu

बेबी लाइफ होमलाई सिटिजन्स बैंकको दुई लाख आर्थिक सहयोग

काठमाडौँ । सिटिजन्स बैंकले बेबी लाइफ होमलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो १८औं वार्षिक उत्सवको उपलक्ष्यमा उक्त संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो ।

बैंकले दुई लाख रुपैयाँको चेक संस्थाका संचालक राज कुमार पुनलाई हस्तान्तरण गरेका हुन्। उक्त रकम बालबालिकाको खानपान, शिक्षा र स्वास्थोपचारमा खर्च गर्ने संस्थाका संचालक पुनले जनाएका छन्।

विशेषगरी विपन्न समुदायमा जन्मेका एचआईभी पोजिटिभ भएका बालबालिकालाई शिक्षा प्राप्त गर्ने आधारभूत अधिकार प्रदान गर्न संस्थालाई संचालनमा केही सहजता होस् भन्ने हेतुले आर्थिक सहयोग गरेको बैंकले जनाएको छ।

बेबी लाइफ होम करिब डेढ दशकदेखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको संस्था हो। बेबी लाइफ होममा हाल २७ जना एचआईभी संक्रमित बालबालिका आश्रित छन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै