PRABHU BANK

बैंक तथा वित्तीय संस्थामार्फत् हुने शंकास्पद कारोबार बढ्यो

काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामार्फत् हुने शंकास्पद कारोबार बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार विगत ५ वर्षमा बैंक तथा वित्तीय संस्थामार्फत् हुने शंकास्पद कारोबार बढ्दै गएको हो ।

बैंक तथा वित्तीय संस्थामार्फत सन् २०१९-२० मा थ्रेसहोल्ड १० लाखमाथि २४ लाख ८५ हजार ३६१ वटा कारोबार भएकोमा १०९० वटा शंकास्पद कारोबारका रिपोर्टिङ भएका थिए भने सन् २०२० मा १९ लाख ९९ हजार कारोबारमध्ये १ हजार पाँच सय ३३ वटा कारोबार भएका थिए ।

यता, सन् २०२१-२२ मा २४ लाख १ हजार ७१४ वटा कारोबार भएको थियो।  जसमध्ये शंकास्पद कारोबारको संख्या २ हजार ७८० रहेको थियो। त्यस्तै, सन् २०२२-२३ मा १६ लाख ९८ हजार ३९८ वटा कारोबारमध्ये ५ हजार ९३५ वटा कारोबार शंकास्पद रहेको पाइएको छ ।

गत आर्थिक वर्षमा १६ लाख ९७ हजार ७१२ कारोबार रहँदा शंकास्पद कारोबारको संख्या ७ हजार ३३८ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Financial Literacy
mobile banking
commercial bank