PRABHU BANK

बैंकमा जागिर खाने हो ? गरिमा विकास बैंकमा रोजगारीको अवसर, चैत्र ३१ गतेभित्र आवेदन दिनुपर्ने (सूचनासहित)

काठमाडौँ । गरिमा विकास बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै आफ्नो प्रधान कार्यालय लाजिम्पाट, काठमाडौँ लागि कर्मचारी माग गरेको हो।

बैंकले कानूनी विभाग, सूचना सुरक्षा अधिकारी, वित्त-लेखा र कोष विभाग,अर्ध-योग्य चार्टर्ड एकाउन्टेन्ट, सामान्य सेवा विभाग, सीसीटीभी अपरेटर,  क्रेडिट अफिसर र  सञ्चालन कार्यका लागि केही संख्यामा कर्मचारी माग गरेको छ।

साथै, बैंकले अत्तरिया, तानसेन, तुलसीपुर, गुलरिया, नेपालगञ्ज, बागलुङ, नारायणगढ, धनगढी, हेटौंडा, सुर्खेत र अन्य शाखाका लागि सहायक स्तरमा कनिष्ठ सहायक, सहायक, वरिष्ठ सहायक र पर्यवेक्षक मागेको छ ।

यता, वालिङ, बेनी, कोहलपुर र नारायणगढ क्षेत्रहरू अन्तर्गतका शाखाहरूका लागि बैंकले प्रशिक्षार्थी सहायक पदमा केही कर्मचारी माग गरेको छ । इच्छुक आवेदकहरूले चैत्र ३१ गतेभित्र आवेदन दिन सक्नेछन्। सूचनासहित:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Financial Literacy
mobile banking
commercial bank