PRABHU BANK

सिद्धार्थ बैंक र त्रिसारा रेष्टुरेन्ट एण्ड बार प्रालिबीच सम्झौता, होटलको सेवामा १० प्रतिशतसम्म छुट पाइने

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंक र त्रिसारा रेष्टुरेन्ट एण्ड बार प्रालिबीच सम्झौता भएको छ । बैंक र काठमाडौंको दरबारमार्ग लाजिम्पाट तथा पोखराको लेकसाइडस्थित त्रिसारा रेष्टुरेन्ट एण्ड बार प्रालिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले पोखरा र काठमाडौंमा रहेको त्रिसारा रेष्टुरेन्ट एण्ड बारमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङमार्फत खाना तथा बेबरेजका लागि भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने भएको छ । यो सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै