DISH HOME

नेपाल बैंकका कर्मचारीहरू र ग्राहकहरूलाई वात्सल्य नेचुरल आईभीएफमा छुट

काठमाडौँ । नेपाल बैंक र वात्सल्य नेचुरल आईभीएफबीच सम्झौता भएको छ। बैंक र उक्त कम्पनीबीच बैंकका कर्मचारीहरू र ग्राहकहरूलाई स्वास्थ्य सेवा लाभहरू प्रदान गर्नेगरी छुट सम्बन्धी सम्झौता भएको हो।

वात्सल्य नेचुरल आईभीएफमा प्याथोलोजी र औषधि सेवाहरूमा ५ देखि १५ प्रतिशतसम्म छुटको व्यवस्था रहेको बैंकले जनाएको छ।

बैंकका कर्मचारीहरूले अस्पताल सेवा शुल्कमा १५ हजार छुट पाउने छन् भने ग्राहकहरूले १० हजारसम्म छुट पाउने छन्।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै