PRABHU BANK

एनआईसी एशिया बैंकद्धारा आरएमडीसी लघुवित्तको २ लाख २० हजार कित्ता सेयर निष्कासन

NIC Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयर निष्कासन गरेको छ । बैंकले फागुन १८ गते मंगलबारदेखि उक्त सेयर निष्कासन गरेको हो । बैंकले आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको २ लाख २० हजार कित्ता संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।
उक्त सेयरको न्युनतम मूल्य ४३४ रूपैयाँ तोकिएको छ । लगानीकर्ताले फागुन १८ गते मंगलबारबाट चैत्र २३ गतेसम्म न्युनतम १ सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्ने भएका छन् । त्यसैगरी कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड बबरमहल काठमाडौंबाट आवेदन दिन सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै