PRABHU BANK

सात महिनामा वाणिज्य बैंकहरुको नाफा ३६ अर्ब बढी, सबैभन्दा धेरै नाफा कुन बैंकले कमायो ? (विवरणसहित)

काठमाडौँ । वाणिज्य बैंकहरुले ३६ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् । हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षकाे ७ महिनामा ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा कमाएका थिए। समिक्षा अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । यस बैंकले माघसम्ममा ४ अर्ब १ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, दोस्रोमा सबैभन्दा धेरै नाफा ग्लोबल आईएमई बैंकले कमाएको छ। यस बैंकले ३ अर्ब ८९ करोड रुपैयाँ नाफा कमाएको हो । त्यसैगरी समिक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४३ करोड ९० लाख रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब ५७ करोड ३० लाख रुपैयाँ, नेपाल बैंकले २ अर्ब ४५ करोड ८० लाख रुपैयाँ, एनएमबी बैंकले २ अर्ब ३४ करोड ४० लाख रुपैयाँ प्राइम कमर्सियल बैंकले २ अर्ब १८ करोड २० लाख रुपैयाँ नाफा कमाएका छन् । यसैगरी प्रभु बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८३ करोड ४० लाख रुपैयाँ र लक्ष्मी सनराइज बैंकले १ अर्ब ५८ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ।

यता, हिमालयन बैंकले १ अर्ब ४७ करोड २० लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ३७ करोड १० लाख रुपैयाँ,  राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २३ करोड ८० लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ९ करोड १० लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ९६ करोड ८० लाख रूपैयाँ, कृषि विकास बैंकले ९५ करोड ७० लाख रुपैयाँ, सिटिजन्स् बैंकले ९० करोड २० लाख रुपैयाँ,  सिद्धार्थ बैंकले ८५ करोड ५० लाख रुपैयाँ, कुमारी बैंकले ७३ करोड ८० लाख रुपैयाँ र एनआईसी एशिया बैंकले ४६ करोड ४० लाख रुपैयाँ नाफा कमाएका हुन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै