PRABHU BANK

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर पूर्वाञ्चल क्यान्सर अस्पतालमा, केपी शर्मा ओलीद्धारा उद्घाटन

Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टर संचालनमाल्याएको छ । बैंकले झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं ०६ स्थित पुर्वाञ्चल क्यान्सर अस्पतालमा नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । बैंकले उक्त एक्स्टेन्सन काउण्टर फागुन १८ गते मंगलबारदेखि संचालनमा ल्याएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले एक समारोहका बीच एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका हुन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बैंकले विर्तामोड नगरपालिकाको पुर्वाञ्चल क्यान्सर अस्पतालमा पनि सेवा विस्तार गरेको हो ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित पुर्वाञ्चल क्यान्सर अस्पतालमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र अस्पतालको काम गर्न सहज र सरल हुने भएको छ । बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै