PRABHU BANK

सिभिल बैंकद्धारा नयाँ सुविधा सार्वजनिक, कार्डको प्रयोग विना नै एटीएमबाट रकम निकाल्न सकिने (भिडियोसहित)

Civil Bank
  • बैंकिङ संसार
काठमाडौं । सिभिल बैंक लिमिटेडले नयाँ सुविधा सार्वजनिक गरेको छ । बैंकले एटीएम कार्डको प्रयोग विना नै एटीएमबाट रकम निकाल्न सक्ने नयाँ प्रविधि सार्वजनिक गरेको हो । बैंकले ल्याएको नयाँ प्रविधि उपभोग गर्न सिभिल बैंकका ग्राहकले सिभिल बैंकको मोवाईल बैकिङ एप्लिकेशन ‘सिभिल स्मार्ट’ प्रयोग गरेर सिभिल बैंकको कुनैपनि एटीएममार्फत एटीएम कार्डको प्रयोगै नगरी सजिलै रकम निकाल्न सक्ने भएका छन् ।
यस सेवाको प्रयोग गर्न ग्राहकहरुले सिभिल बैंकको मोवाईल बैकिङ एप्लिकेशन ‘सिभिल स्मार्ट’ मा भएको ‘कार्डलेस क्या’ अपशनमा गई आफुले इच्छाएको रकम प्रविष्ट गरी सम्पूर्ण विवरणहरु दुरुष्ट गरी आफ्नो मोवाईल बैकिङ एप्लिकेशनको पिनकोड हाल्नुपर्ने हुन्छ जस पश्चात एकपल्ट मात्र प्रयोग गर्न मात्र मिल्ने ओ.टी.पी पासकोड प्राप्त हुने भएको छ ।
यस पासकोडको सहित अन्य विवरणहरु प्रविष्ट गरे पश्चात एटीएमबाट पूर्व निर्धारित निश्चित रकम झिक्न सकिने भएको छ । ग्राहकहरुले यस सुविधाको उपयोग एटिएम कार्ड हराएको अवस्थामा वा अरु कसैलाई रकम भुक्तानी गर्नुपरेको अवस्थामा समेत गर्न सक्ने भएका छन् । बैंकले हालसम्म १ सय १४ शाखाहरु, ८९ एटीएम र ६ एक्सटेन्सन काउन्टरहरुमार्फत करिब साढे ५ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै