नबिल बैंकले सार्वजनिक गर्यो कर्जा नतिर्ने ७४ ऋणीको नाम, ३५ दिनभित्र कर्जा तिर्न आग्रह

काठमाडौँ । नबिल बैंकले कर्जा नतिर्ने ऋणीको नाम सार्वजनिक गरेको छ। बैंकले ‘फोन लोन’ कर्जा नतिर्ने ७४ ऋणीको नाम सार्वजनिक गरेको हो ।

बैंकले सूचना प्रकाशित भएको ३५ दिनभित्र कर्जा तिर्न सम्पर्कमा आउन ऋणीलाई जानकारी गराएको छ। सम्पर्कमा नआए ऋणीलाई कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

ऋण नतिर्ने ऋणीलाई पनि कालो सूचीमा राख्न सकिने व्यवस्था छ। कालोसूचीमा परेकाहरूलाई सूचीबाट बाहिर नआउदासम्म बैंकिङ कारोबार गर्न समस्या हुनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्