PRABHU BANK

प्रभु बैंकद्धारा तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यूआर कोड सेवा हस्तान्तर

Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंक लिमिटेडले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाइ डिजिटल प्रविधिमार्फत व्यवस्थापन गर्ने हेतुले क्यूआर कोड हस्तान्तरण गरिएको छ । फेवातालको बिचमा रहेको बाराही मन्दिरमा फागुन २१ गते शुक्रबार विहान एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले क्यूआर कोड हस्तान्तर गरेका छन् ।
यो सुविधासँगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाईल बैंकिङ एप्लिकेसन मार्फत सजिलै दान गर्न सक्ने भएका छन् । नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगद रहित कारोवारलाई बढावा दिने उद्देश्यका साथ उक्त सेवाको सुरुवात गरिएको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै