PRABHU BANK

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओले बुझे तलब र भत्ता बापत ३ करोड बढी रकम, ३ जना सुरक्षा गार्डको समेत व्यवस्था !

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सिइओलाई तलब र भत्ता बापत ३ करोड बढी रकम भुक्तानी गरेको छ । बैंकले आर्थिक वर्ष २०८०-८१ मा प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेलाई तलब र भत्ता बापत ३ करोड ६ लाख ३३ हजार सात सय ९७ रुपैयाँ भुक्तानी गरेको हो ।

सिइओले तलब १ करोड ६० लाख ७६ हजार ५२ रुपैयाँ, भत्ता १ करोड ७ लाख १७ हजार ३५६ रुपैयाँ, दशैं भत्ता २२ लाख ३२ हजार ७८४ रुपैयाँ र संचय कोष १६ लाख ७ हजार ६९५ रुपैयाँ बैंकबाट बुझेका छन् ।

योसँगै बैंकले सिईओ ज्योति प्रकाश पाण्डेलाई ३ जना सुरक्षा गार्ड समेत दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै