prabhu

कुमारी बैंकका ग्राहकहरुलाई सूर्यविनायक मिसन हस्पिटलमा २० प्रतिशतसम्म छुट

काठमाडौँ । कुमारी बैंकका ग्राहकहरुलाई सूर्यविनायक मिसन हस्पिटलमा छुट हुने भएको छ। बैंकका ग्राहकहरुलाई भक्तपुरस्थित सूर्यविनायक मिसन हस्पिटल प्रालिबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट हुने भएको हो।

बैंक र उक्त हस्पिटलबीच विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता बमोजिम सूर्यविनायक मिसन हस्पिटलबाट प्रदान गरिँदै आएका सेवाहरुमा ग्राहकहरूलाई प्रयोगशाला परीक्षण, एक्सरे, युसिजी तथा ओपीडि टिकटमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट हुने भएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

साथै, आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धताव्यक्त गरेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै