PRABHU BANK

नेपाल बैंकले ताप्लेजुङ जिल्लाको दोभान बजारको अग्नी पिडितलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

Nepal Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंकले अग्नी पिडितलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । बैंकले ताप्लेजुङ जिल्लाको दोभान बजारको अग्नी पिडितहरुलाई ५ लाख आर्थिक सहयोग गर्ने भएको हो । बैंकले ताप्लेजुङ जिल्लाको दोस्रो व्यापारिक केन्द्र दोभान बजारमा फागुन १८ गते भएको भिषण आगलागीबाट प्रभावित परिवारलाई ५ लाख सहयोग गर्ने भएको हो ।
बैंकले विभिन्न आर्थिक सामाजिक, सांस्कृतिक, दैवि तथा प्राकृतिक प्रकोप, शिक्षा, स्वास्थ्य, सरसफाई, वातावरण संरक्षण तथा अन्य सामूदायिक हित संरक्षण लगायत क्षेत्रमा सहयोग गरी सामाजिक उत्तरदायित्व वहन गर्दै आएको छ । बैंकले हालसम्म २ सय ५ वटा शाखाहरु, १ सय ४४ वटा एटिएम, ४१ वटा एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै