PRABHU BANK
Global Ime Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले विभिन्न ८ नयाँ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । बैंकले ईलामको नेपालटार, सिराहाको बन्दीपुर, रसुवाको थुमन, तनहूँको टुहुरेपसल, कैलालीको मिलनचोक, लमजुङ्गको कोइरालाफाँट, बाँकेको सिमलघारी र अर्घाखाँचीको रतनमारेमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यी शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २५३ पुगेको छ ।
बैंकले ईलामको ईलाम नगरपालिका वडा नं. १ नेपालटार, सिराहाको कर्जन्हा नगरपालिका वडा नं. २ बन्दीपुर, रसुवाको गोसाँइकुण्ड गाँउपालिका वडा नं. १ थुमन, तनहूँको भानु नगरपालिका वडा नं. ११ टुहुरेपसल, कैलालीको जानकी गाँउपालिका वडा नं. ७ मिलनचोक, लमजुङ्गको सुन्दर बजार नगरपालिका वडा नं. १० कोइरालाफाँट, बाँकेको खजुरा गाँउपालिका वडा नं. ६ सिमलघारी र अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ६ रतनमारेमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ सेवा लिन सक्ने भएका छन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने भएकाछन् । बैंकले मुलुकभर तहालसम्म २ सय ७० शाखा, २ सय ४२ एटीएम, २ सय ५३ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८ सय भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै