PRABHU BANK

ज्योति विकास बैंकद्वारा खैरहनी माध्यमिक विद्यालयलाई ३० थान बेञ्चहरू प्रदान

काठमाडौँ । ज्योति विकास बैंकले खैरहनी माध्यमिक विद्यालयलाई ३० थान बेञ्चहरू प्रदान गरेको छ । बैंकले चितवन जिल्ला, खैरहनी वडा नं ६ मा अवस्थित खैरहनी माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ३० थान डेस्क-बेञ्चहरू प्रदान गरेको हो ।

बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक वातावरण सुधार गर्न न्यूनतम भौतिक पूर्वाधारमा योगदान पुर्‍याउने तथा समग्र शैक्षिक अनुभवमा सुधार ल्याउने उद्देश्यका साथ उक्त सहयोग उपलब्ध गराएको हो ।

यस सहयोग पश्चात विद्यार्थीहरूले डेस्क-बेञ्चको उपयोग गरेर सहज रूपमा अध्ययन गर्ने वातावरण निर्माणमा सुधार हुने बैंकले अपेक्षा गरेको छ ।

बैंकका पर्सा शाखाका प्रबन्धक यज्ञ राज भट्टले विद्यालयका प्रधानाध्यापक गोपाल प्रसाद शर्मालाई उक्त डेस्क-बेञ्चहरु हस्तान्तरण गरेका हुन् । कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थीहरू तथा बैंकका प्रतिनिधिहरूको समेत उपस्थिति थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै