prabhu

सानिमा बैंक र आइएसओएन हेल्थकेयरबीच सम्झौता, ग्राहकले विश्वको ५ सय भन्दा बढी अस्पतालमा छुट पाउने

Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंक र आइएसओएन हेल्थकेयरबीच सम्झौता भएको छ । बैंकका ग्राहकले विश्वको ५ सय भन्दा बढी अस्पतालमा उपचार गराउँदा छुट पाउने सम्बन्धी उक्त सम्झौता भएको हो । सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाई र आइएसओएन हेल्थकेयर लिमिटेडका तर्फबाट बिजनेश डेभलोपमेन्ट प्रमुख आशिष धवनले बैंकमा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
जसअनुसार विश्वभर रहेका ५ सय भन्दा बढी अस्पतालहरुमा स्वास्थ्य उपचार गराउँदा सानिमा बैंकका डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताले ५ देखि ७ प्रतिशतसम्म उपचार शुल्कमा छुट प्राप्त गर्न सक्ने भएका छन् । आइएसओएन हेल्थकेयर अन्तर्गतका भारतका अपोलो हस्पिटल, मेदान्त हस्पिटल, फोर्टिस हस्पिटल, सिंगापुरस्थित सिंगापुर जेनरल हस्पिटल, थाइल्यान्डस्थित ब्याङकक हस्पिटल, बुमरुनग्राड इन्टरनेसनल हस्पिटल आदिमा सानिमा बैंकका डेबिटरक्रेडिट कार्ड प्रयोगकर्ताले सो छुट प्राप्त गर्न सक्नेछन् । बैंकले हालसम्म ८६ वटा शाखा, ९६ वटा एटीएम र १७ विस्तारित काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै